ad ad

कारोबार


सेलपे र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सहकार्य

सेलपे र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सहकार्य

नेपालखबर
साउन ८, २०७७ बिहिबार ११:५३,

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग बीमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गरेको छ।

सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।

यस सहकार्य अन्तर्गत, अब महालक्ष्मी लाइफका ग्राहकहरुले आफ्नो बीमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ र सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन्। बीमा प्रिमियम तिर्नका लागि सेलपेमा आफ्नो खाता लिंक गरि सजिलै बिना कुनै झन्झट, कुनै पनि समयमा रकम तिर्न सकिने छ।

यसका लागि सेलपेमा लगइन गरी बीमामा क्लिक गर्नुपर्छ। त्यसपछि महालक्ष्मी लाइफ छनौट गरि आफ्नो पोलिसि नम्बर र जन्म मिति राखे पस्चात आफ्नो बीमा विवरण चेक गरी देखाएको प्रिमियमको रकम पे बटन थिचेर आफ्नो बीमा प्रिमियम भुक्तानी गर्न सकिन्छ। सम्पूर्ण भुक्तानीहरु ‘ट्रान्सक्सोन हिस्त्री सेक्सोन’बाट सजिलै थिचेर हेर्न सकिनेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो। सेलपेका अन्य विशेषताहरुमा बास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित तथा लोयल्टी पोइन्टस पाईने आदी रहेका छन्।

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, कोविड-१९ को बीमा रकम भुक्तानी तथा शेयर कारोबार, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन्। सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .