नेपाल उद्योग वाणिज्य महासंघले यही साउन २१ गते कार्यकारिणी समितिको बैठक बोलाएको छ।
महासंघको निर्वाचन अन्योलमा परिरहँदा मिति तय गर्ने गरी महासंघको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो।
साउन २६ र २७ गते महासंघको साधारणसभा र निर्वाचन तय भए पनि महासंघको पदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको थियो। त्यसपछि महासंघमा केही विवाद समेत उत्पन्न भएको थियो।
निर्वाचन तथा साधारणसभा कसरी गर्ने भन्ने विषयमा २१ गते बैठक बोलाइएको महासंघ सचिवालयका महानिर्देशक धरणीधर खतिवडाले नेपालखबरलाई जानकारी दिए।
उनले भने, ‘बैठक २१ गते बोलाउने गरी कार्यकारिणी सदस्यहरुलाई पत्र लेखिएको छ। उक्त बैठकले नै आवश्यक निर्णय गर्नेछ।’
प्रतिक्रिया