प्रहरीले काठमाडौंको कमलादीमा ५ सय ग्राम सुनसहित १५ किलो पहेँलो धातु र २ पेस्तोल छाडेर भागेको स्कार्पियो गाडी ललितपुरको नख्खिपोटमा भेटाएको छ।
मंगलबार काठमाडौंको कमलपोखरीमा स्कर्पियो चेकजाँचका बा ६च ५५१९ नम्बरको स्कार्पियो गाडी भागेको थियो। प्रहरीले पिछा गरेपछि कमलादीमा १५ केजी सुनजस्तै पहेंलो बस्तु र दुई थान पेस्तोल फालेर सो स्कर्पियो भागेको बताएको थियो।
गाडीसँगै फरार देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेललाई प्रहरीले पूर्वीनवलपरासीबाट बिहीबार बिहान पक्राउ गरेको थियो।
व्यक्ति पक्राउ गरे पनि गाडी भने सम्पर्कमा नआएका कारण प्रहरीले खोजी कार्य अगाडि बढाएको थियो। सोही क्रममा बिहीबार दिउँसो प्रहरीले नख्खिपोटमा गाडी फेला पारेको प्रहरी स्रोतले बताए।
स्रोतका अनुसार नख्खिपोटमा एक बन्दै गरेको घरको कम्पाउन्डभित्र त्रिपालले छोपेको अवस्थामा सो गाडी फेला परेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
याे पनि:
काठमाडौंमा सुन र पेस्तोल फालेर भाग्ने तीन जना नवलपरासीमा पक्राउ
प्रहरीको ‘अपत्यारिलो अप्रेसन’, सुन र हतियार बुझाएर राजधानीमै गाडीमा भाग्न संभव छ?
कमलादीमा सुन र पेस्तोल प्रकरण : २४ घण्टा नबित्दै फेरिए छानविन समितिका संयोजक
प्रतिक्रिया