ad ad

कारोबार


सुन व्यवसायी भन्छन्ः मूल्य बढ्दै गयो, कारोबार शून्य भयो

सुन व्यवसायी भन्छन्ः मूल्य बढ्दै गयो, कारोबार शून्य भयो

नेपालखबर
साउन २१, २०७७ बुधबार ९:४७,

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोबार भने ह्वात्तै घटेको छ। आज सुनको मूल्य रु एक हजार ६०० ले बढेर रु एक लाख एक हजार चारमा पुगेको छ।

तीज, गौरा, दशैँ र तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा सुनचाँदीको कारोबारको मौसम भए पनि यस पटक भने यहाँ कारोबार शून्य रहेको कञ्चनपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष उमेश सुनुवारले बताए।
‘यस्तै अवस्थामा मूल्य बढ्दै जाने हो भने सुनचाँदी व्यवसायीले विकल्प खोज्नुपर्ने अवस्था आउने सम्भावना छ।’

कञ्चनपुरमा १६० जना सुनचाँदी व्यवसायी रहेको बताउँदै उनले यहाँ सुन खरिदभन्दा पनि बिक्रीका लागि स्थानीय आइरहेको बताए।

‘लकडाउन शुरु भएसँगै मूल्य बढ्दै जाँदा कारोबार घटेर गएको हो’ उनले भने, ‘काठमाडौंभन्दा यहाँ सुनको मूल्य रु एक हजार २०० ले बढी हुन्छ।’

यहाँ लामो समयदेखि मौलिक गहना नेपाली कारीगढले बनाउँदै आएका छन् भने आधुनिक गरगहना भारतीय कारीगढले बनाउँदै आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .