ad ad

कला


०७६ को मदन पुरस्कारका लागि ७ पुस्तक छनोट, कुनले पाउला? (सूची)

०७६ को मदन पुरस्कारका लागि ७ पुस्तक छनोट, कुनले पाउला? (सूची)

नेपालखबर
साउन २१, २०७७ बुधबार ९:३४,

वि.सं. २०७६ को मदन पुरस्कारका लागि ७ पुस्तक छनोट भएका छन्। मदन पुरस्कार गुठीले पुरस्कारका लागि प्राप्त भएकामध्ये अन्तिम ७ पुस्तक छनोट गरेको हो।

छनोट भएका पुस्तकहरुमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धमर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेका छन्।

गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त पुस्तकहरुमध्ये बढीमा १० पुस्तकको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकको सूची गुठीलाई उपलब्ध गराएको जानकारी दिए। छनौटमा परेका यिनैमध्ये एक पुस्तकले पुरस्कार पाउनेछ।

वि.सं. २०१२ सालमा यो पुरस्कारको स्थापना गरिएको थियो। वर्षेनी उत्कृष्ट कृति लेखनलाई यो पुरस्कार दिइँदै आएको छ। पुरस्कारको राशिमा समय–समयमा परिवर्तन हुँदै आएको छ। वि.सं. २०७५ देखि नगद चार लाख रुपैयाँ पुरस्कार राशि राखिएको छ। साहित्य तथा लेखन क्षेत्रमा मदन पुरस्कारलाई प्रतिष्ठित मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .