ad ad

कारोबार


‘कोरोनाकै कारण उद्योग क्षेत्रका २२ प्रतिशत कर्मचारीको जागिर गुम्यो’

‘कोरोनाकै कारण उद्योग क्षेत्रका २२ प्रतिशत कर्मचारीको जागिर गुम्यो’

नेपालखबर
साउन २१, २०७७ बुधबार १२:३१,

करोना संक्रमणको कारण बिभिन्न उद्योगमा कार्यरत् २२ दशमलव ५ प्रतिशत कर्मचारी कटौतीमा परेका छन्।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले बन्दाबन्दी अवधिमा उद्योगरव्यवसायहरुमा रोगजारी गुमाउने कामदारबारे गरेको अध्ययनमा सो तथ्यांक देखिएको हो।

कटौती भएकामध्ये अस्थायी/करारका कामदार दुई तिहाइभन्दा धेरै रहेका राष्ट्र बैंकको भनाइ छ। होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी/कामदार कटौती गरेको देखिएको छ। सो अवधिमा घरेलु उद्योग र लघु उद्यम/साना खुद्रा व्यापारहरुले अन्यको तुलनामा धेरै कर्मचारी/कामदार कटौती गरेको पाइएको छ।

बन्दाबन्दी अवधिमा उद्योग/व्यवसायहरुले औसतमा १८.२ प्रतिशत तलब कटौती गरेको पाइएको छ। यसका साथै कर्मचारी÷कामदारलाई प्रदान गर्दै आएको भत्ता तथा अन्य सुविधाहरुमा समेत उल्लेख्य रुपमा कटौती गरेको देखिएको छ।

तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडी रहेका छन्। यस्तै, ठूला उद्योग/व्यवसायहरुले अन्यको तुलनामा धेरै प्रतिशत तलब कटौती गरेको देखिएको छ।

उद्योग÷व्यवसायहरुमध्ये ७४.३ प्रतिशत उद्योग÷व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको देखिएको छ। बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योग/व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग÷व्यवसायहरु पूर्णरुपमा बन्द रहेको पाइएको छ। यसरी अधिकांश उद्योग÷व्यवसायहरु पूर्णरुपमा बन्द रहनुले बन्दाबन्दीले अर्थतन्त्रमा गहिरो असर पारेको देखिन्छ।

शिक्षा, होटल तथा रेष्टुरेन्ट, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलापहरु र यातायात तथा भण्डारण क्षेत्रमा अधिक असर परेको देखिएको छ। बन्दाबन्दी अवधिमा ठूला र मझौैला उद्योग÷व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यम÷साना खुद्रा व्यापार र साना उद्योग÷व्यवसायहरु बढी प्रभावित भएको समेत देखिएको राष्ट्र बैंकले जानाकारी दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .