भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जेमा एक घरको ढोका फोड्दै गरेको अवस्थामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही नगरपालिका–४ दधिकोट बस्ने सिन्धुली भिमान घर भएका २१ वर्षीय शुक्र तामाङ रहेका छन्।
तामाङले मंगलबार राति ४७ वर्षीय पेम्बा शेर्पाको घरको ढोका फोड्दै गरेको अवस्थामा अवस्थामा घरधनीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए।
महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरीथप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया