ad ad

कारोबार


१४ सय बढी नेपाली स्वदेश फर्किए

१४ सय बढी नेपाली स्वदेश फर्किए

नेपालखबर
साउन २२, २०७७ बिहिबार १५:११,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १२ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत एक हजार ४६६ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएको हो। नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमामबाट १५४ र दमामबाट दुई उडानमा क्रमशः २५९ र १४४ यात्रु काठमाडौं ल्याएको छ। थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज रियाद र दुबई प्रस्थान गरेको विमानस्थलले जनाएको छ।

यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ र कतारको दोहाबाट १५७ यात्रु तथा दुई शव नेपाल ल्याएको छ। एयर अरेबियाले सारजाहाबाट दुई उडानमार्फत क्रमशः १६८ र १६६ यात्रुको उद्धार गरी काठमाडौंं ल्याएको छ।

मालिन्दो एयरले मलेसियाको क्वालालम्पुरबाट १७८, फलाई दुबईले दुबईबाट १६४ र टर्किस एयरलाइन्सले ७६ यात्रु ल्याएको छ। शुक्रबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १४ चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .