कैलालीको अत्तरियामा युवतीलाई ग्राहकसँग शारीरिक सम्पर्क गर्न लगाउने एक होटल सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई अत्तरियामा बोहरा होटल सञ्चालन गर्ने वर्ष २८ काे हर्क बहादुर बोहरा रहेका छन्।
बोहराले दुई युवतीलाई काठमाडौं लगेर वेटरको काममा लगाइदिने भन्दै आफ्नै होटलमा ग्राहकसँग शारीरिक सम्पर्क गर्न लगाउने गरेका थिए। उनले ती युवतीलाई होटल भन्दा बाहिर पनि शारीरिक सम्पर्क गर्न पठाउने गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका बोहरालाई मानब बेचबिखन तथा ओसार पसार शिर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट ५ दिनकाे म्याद थप गरी थप अनुसन्धान भई रहेको छ।
प्रतिक्रिया