ad ad

कारोबार


कौसीमा फल्न थाल्यो ड्रागन फ्रुट

कौसीमा फल्न थाल्यो ड्रागन फ्रुट

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ९:४१,

तिव्र गतिमा बढिरहेको शहरीकरणले काठमाडौं उपत्यकामा खेतियोग्य जमिनको हिस्सा कम हुँदै गएको छ। उत्पादनका हिसाबले उर्भर भूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरुले भरिएको छ। तर उर्जाशील किसानहरुले यही कंक्रिटको राजधानीमा घरको छत र कौसीमा फलफुल र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन्।

पछिल्लो समय कोरोना भाइरसले आक्रान्त बनाएको काठमाडौं उपत्यकामा किसानहरु घरको छतमा तरकारी र फलफुल उत्पादन गरेर लाखौं आम्दानी गरिरहेका छन्। बढ्दो सहरीकरण र जनसंख्याका कारण उब्जाउ हुने खेतियोग्य जमिन पाउनै मुस्किल पर्ने उपत्यकामा अहिले किसानहरु घरको छतमै फलफुल र तरकारी खेती गरेर लाखौ आम्दानी गरिहेका हुन्।

केही समय अघिसम्म आफ्नो आवश्यकता अनुसार घरको छतमा तरकारी फलाउँदै आएका किसाहरु अहिले छतमै ड्रागन फ्रुटसमेत फलाइरहेका छन। ड्रगन फ्रुटको खेतीबाट कोरोनाका कारण बेरोजगार बनेका युवाहरुलाई राहत दिने मात्रै नभएर खाद्यान्न संकट, भोकमरी र अनिकाललाई न्यूनीकरण गर्न सकिने ड्रागन फ्रुट व्यवसायी बासुदेव ढकालले बताए।

खेतियोग्य जमिन मासिँदै गएपनि उपत्यकाका घरका ५० प्रतिशत छतहरुमा मात्रै ड्रागन फ्रुटको खेति गर्न सकिए १५ अर्ब बढीको उत्पादन हुने उनले बताए। रोपेको एक वर्षपछि उत्पादन सुरु हुने ड्रागन फ्रुट स्याउ, सुन्तला, आँप कटहरु खेतिभन्दा सहज र बजारीकरणका लागि सरल हुने उनको भनाई छ।

वर्षेनी ठूलो मात्रामा बाहिरबाट आयात भइरहेको ड्रागन फ्रुटको खेति विस्तारका लागि सरकारले नीति तथा कार्यक्रम र बजेट मार्फत केही सम्बोधन गर्न खोजेको उनले बताए। राष्ट्र बैंकले समेत मौद्रिक नीति मार्फत विशेष गरी कृषि क्षेत्र र ड्रागन फ्रुटको खेति प्रवद्र्धनका लागि कार्यक्रमहरु ल्याएर सहयोग गरेको उनले बताए।

कोरोना भाइरसले सामाजिक र आर्थिक जीवनलाई आक्रान्त पारेको छ। काठमाडौं उपत्यकामा पनि दिनदिनै संक्रमितको संख्या बढ्दो छ। लाखौंले रोजगारी गुमाएका छन। यस्तो अवस्थामा घरको छतमा थोरै लगानीमा समेत गर्न सकिने ड्रागन फ्रुटको खेतिले स्वरोजगार बन्न मद्दत गर्छ। र वर्षेनी विदेशबाट हुने गरेको आयातलाई निरुत्साहित गर्दै आफ्नो उत्पादन विस्तार गरी देशको आर्थिकवृद्धिमा टेवा पु¥याउन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .