ad ad

कारोबार


साउदी दूतावासले नेपाली श्रमिकका लागि बिहीबारदेखि भिसा जारी गर्ने

साउदी दूतावासले नेपाली श्रमिकका लागि बिहीबारदेखि भिसा जारी गर्ने

नेपालखबर
असोज ६, २०७७ मंगलबार १३:५,

साउदी अरेबियाको काठमाडौँस्थित दूतावासले नेपाली श्रमिकका लागि बिहीबारदेखि भिसा जारी गर्न थाल्ने भएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले नेपालस्थित साउदी दूतावासले बिहीबारबाट भिसाको काम सुरु हुने जानकारी दिए।

कोरोना महामारीका कारण रोकिएको वर्किङ भिसा, भिजिट भिसा र पुनः प्रवेशको भिसाको प्रक्रिया  सुरु गर्न लागेको हो। भिसा प्राप्तिका लागि पहिलेकै प्रक्रिया यथावत् रहेको समेत महासचिव श्रेष्ठले जानकारी दिए।

यसअघि बलबहादुर तामाङको स्काइ ओभरसिजले भिसाको प्रक्रियाका लागि आफ्नो म्यानपावर कम्पनीले मात्रै अनुमति पाएको दाबी गरेको थियो। तर मंगलबार दूतावासका कन्सुलरसँग कुरा गर्दा त्यो गलत भएको भन्ने पुष्टि भएकाले तामाङलाई संघले स्पष्टीकरण सोध्ने महासचिव श्रेष्ठले बताए।

पूर्वअध्यक्ष समेत रहेका तामाङले पुनः सिन्डिकेट लगाउन चलखेल गरेको भन्दै कुनै पनि बहानामा हुने सिन्डिकेट व्यवसायीले नस्वीकार्ने श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .