ad ad

राजनीति


शिक्षा मन्त्रालयद्वारा विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

शिक्षा मन्त्रालयद्वारा विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

नेपालखबर
असोज ६, २०७७ मंगलबार १२:५६,

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ।

कोरोनाको महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले आकस्मिक कार्ययोजना ल्याएको हो।

कोरोनाका कारण अवरुद्ध पठनपाठन सञ्चालन गर्ने सन्दर्भमा होम स्कुलिङको अवधारणा, विद्यार्थी—शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता विधि अपनाएर सिकाइ सहजीकरण गरी सरोकारवालाहरुले आफ्नो दायित्व निर्वाह गर्नेगरी आकस्मिक कार्ययोजना ल्याइएको मन्त्रालयले जनाएको छ।

मंगलबार भर्चुअल प्रेस मिटमा मन्त्री गिरिराजमणि पोखरेलले कार्ययोजना सार्वजनिक गरिएको जानकारी गराउँदै बसाई स्थानान्तरण भएका विद्यार्थीहरुको तथ्यांक संकलन, सबै बालबालिकाका लागि पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता र कार्यस्थलमा शिक्षकहरुको उपस्थितिलाई सुरुवाती दिनमा गरिहाल्नुपर्ने कार्यको रुपमा जोड दिइएको बताए।

कार्ययोजना कार्यान्वयनमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको मन्त्रालयले जनाएको छ। कार्ययोजनामा विद्यालय तहबाट सम्पादन हुने सबै कार्यक्रमहरु स्थानीय तहकै निर्देशन अनुगमन र समन्वबाट सम्पादन हुने ब्यबस्था गरिएको छ। मुलतः स्थानीय तहले शिक्षकलाई कार्यस्थलमा पुर्याउने, स्थानीय आवश्यकता अनुसारका थप सामग्री विकास गर्ने, अस्थायी सिकाइ सहजीकरणको प्रबन्ध गर्ने जस्ता कार्य गरी सिकाइ प्रक्रियामा बालबालिकाको सहभागिता सुनिश्चिचत गर्न महत्वपूर्ण भूमिका रहनेछ।

कार्ययोजनाको कार्यान्वयनका लागि आवश्यक पर्ने वजेटको प्रवन्ध, स्रोतमा साझेदारीका लागि समन्वय, सामग्री विकास, व्यवस्थापन, अनुगमन लगायतका समग्र सहजीकरणको काममा समेत संघीय सरकारको निकायको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्य गर्ने उल्लेख छ।

शैक्षिक सत्रमा विद्यार्थीले सिक्नुपर्ने विषयवस्तु, शिक्षण विधि र मूल्यांकन प्रक्रियाको लागि ढाँचा विकास नमूना स्वअध्ययन सिकाइका सामग्रीको विकासलाई कार्ययोजनामा समेटिएको उनले बताए। 

सरकारले यसअघि नै असार १ गतेबाट वैकल्पिक विधिबाट सिकाइ गर्ने निर्देशिका र असोज १ गतेबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरिसकेको छ। महामारीका विषयलाई एकीकृत रुपमा सम्बोधन गर्न जरुरी रहेकले अन्तर मन्त्रालय र सम्बन्धित निकायसँगको छलफल पछि कार्ययोजना निर्माण गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .