ad ad

कारोबार


यूनियन लाइफ इन्स्योरेन्स चौथो वर्षमा

यूनियन लाइफ इन्स्योरेन्स चौथो वर्षमा

नेपालखबर
असोज ६, २०७७ मंगलबार १४:२७,

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेश्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ। कम्पनीले चौथो वर्ष प्रवेशको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ।

तेश्रो वार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढी सशक्त र आक्रामक रुपमा ब्यावसाय बृद्धि गर्ने प्रतिबद्धता जनाएको छ।

प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले भने, ‘कम्पनीले कारोबार सञ्चालन गरेको तेश्रो वर्षमै बीमा क्षेत्रमा स्थापित नाम बनाउन सफल भएको छ। कम्पनीको व्यावसाय र ब्राण्डलाई अझ उचाइमा बिस्तार गर्दै लैजाने छौं।’

कम्पनीले बीमा समितिबाट २०७४ असोज ४ गते कारोबार सञ्चालनको अनुमती पाएको थियो।

कम्पनीले शाखा तथा उपशाखा कार्यालयहरुबाट बीमा सम्बन्धी सम्पूर्ण सेवा सुविधाहरु सहज र ब्यवस्थित रुपमा उपलब्ध गराउदै आएको छ भने कम्पनीका बीमा योजनाहरु उत्कृष्ठ प्रकारको रहेको कारण बीमा गर्नेहरुको आकर्षण बढेको कम्पनीले जनाएको छ।

कम्पनीको २ अर्ब १५ करोड जारी पूँजी रहेको छ। सो जारी पूँजीको ३० प्रतिशतले हुने साधारण शेयर चाडै नै सर्वसाधारण समक्ष निश्कासन गर्ने तयारी कम्पनीले गरिहेको छ।

कम्पनीको सञ्चालक समितिमा अध्यक्ष शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहेका छन्। यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन्।

तेश्रो वार्षिकोत्सवको अवसरमा कम्पनीले सम्पूर्ण संस्थापक, संचालक, नियमनकारी निकाय बीमा समिति, कर्मचारीहरु, अभिकर्ताहरु, बीमितहरु, संचारकर्मी लगायत सबै सरोकारवाला कार्यालयहरु तथा शुभेच्छुकहरु प्रति आभार प्रकट गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .