ad ad

कारोबार


सिभिल बैंकले शुरु गर्‍यो किसान समृद्धि कार्डको सुविधा

सिभिल बैंकले शुरु गर्‍यो किसान समृद्धि कार्डको सुविधा

नेपालखबर
असोज ८, २०७७ बिहिबार १४:४९,

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्डको सुविधा सञ्चालनमा ल्याएको छ। देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अनुरुप सम्पूर्ण कृषकहरुको समृद्धिको लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको जनाएको छ।

कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोही खाताबाट कर्जाको रुपमा बढी रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ। यो ऋण सुबिधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिन्छ र प्रति कृषक परिवार रु पाँच लाखसम्मको ऋण सुबिधा उपलब्ध गराईन्छ।

यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी वचत खाता खोल्नु पर्नेछ। उक्त खातामा ग्राहकको बचत भएसम्म बैंकले ब्याज प्रदान गर्ने छ भने यदि खातामा भएको बचत भन्दा बढी रकम झिकेमा बैंकलाई ब्याज बुझाउनु पर्ने हुन्छ। हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खूद ब्याज रकमको गणना हुनेछ।

यो ऋण सुबिधा कृषिलाई मुख्य पेशाका रुपमा अँगाल्ने कृषकहरुलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइनेछ जुन आफूलाई रकम आवश्यक परेको बखतमा सजिलै उपयोग गर्न सकिनेछ। यो ऋण सुबिधाको लागी कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार यस सुविधाको ब्याजदरमा ५ प्रतिशत अनुदान प्राप्त हुने भएकोले न्युन ब्याजदरमै यो सुबिधा उपभोग गर्न सकिनेछ। हाल कोरोनाको कारणले सिर्जित बिषम परिस्थितिमा कृषि स्वरोजगार मार्फत कृषि उत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुबिधा ल्याएको हो।

हालसम्म चार लाख ७० हजार भन्दा बढी ग्राहकहरु रहेको करीब रु. ६८.६० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी करीब रु. ५५.२८ अर्ब कर्जा लगानी गरेकोे सिभिल बैंकको ११४ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखा रहित बैंकिङ सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको कुरा पनि बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .