ad ad

समाज


सबैभन्दा ठूलो यात्रुवाहक एयरबस ए३८० को अन्तिम विमान निर्माण सम्पन्न

सबैभन्दा ठूलो यात्रुवाहक एयरबस ए३८० को अन्तिम विमान निर्माण सम्पन्न

नेपालखबर
असोज ८, २०७७ बिहिबार १४:४९,

एकवर्षअघि नै एयरबसले विश्वको सबैभन्दा ठूलो यात्रुवाहक विमान ए३८० को उत्पादन बन्द गर्ने निर्णय गरेको थियो।

हालै ए३८० को अन्तिम विमान पनि निर्माण सम्पन्न भएको छ।

सुपरजम्बोको नामले प्रसिद्ध ए३८० विमान एयरबसले सर्वप्रथम सन् २००७ मा सिंगापुर एयरलाइन्सलाई उपलब्ध गराएको थियो।

यो विमान कम्तीमा १२ सय वटा बिक्री हुने अनुमान गरिएको थियो। र, यसमा २५ अर्ब डलर लगानी गरिएको थियो। तर, हालसम्म करिब २ सय ४० वटा मात्रै यो विमान बनेका छन्।

लगानी नउठ्ने भएपछि र एयरलाइन्सहरुको माग पनि साना विमानतर्फ केन्द्रित भएपछि यसको उत्पादन बन्द गर्ने निर्णय लिइएको थियो।

ए३८० अन्तर्गत अन्तिम विमान निर्माण ३० मुलुकबाट आयातित ४० लाख पाटपुर्जा प्रयोग भएको जनाइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .