ad ad

राजनीति


माइनस ४० डिग्री सेल्सियसमा सन्चालन गर्न सकिने ट्यांकहरु भारतद्वारा लद्दाखमा तैनाथ

माइनस ४० डिग्री सेल्सियसमा सन्चालन गर्न सकिने ट्यांकहरु भारतद्वारा लद्दाखमा तैनाथ

नेपालखबर
असोज ११, २०७७ आइतबार ९:३०,

जाडोमा यस हिमाली क्षेत्रको तापक्रम माइनस ४० डिग्री सेल्सिएससम्म पुग्ने बताइएको छ। यस क्षेत्रसँग जोडिएका सबै सडक हिउँका कारण बन्द हुन्छन्।

६ महिनासम्म यस क्षेत्रको मौसम खराब हुने भएकाले सो अवधिमा चिनियाँ र भारतीय सेनाबीच हिंस्रक गतिविधि नहुने विज्ञहरु बताउँछन्।

केही समय अगाडि मात्र भारतीय र चिनियाँ कमाण्डरबीच भएको वार्तामा पनि विवादित क्षेत्रमा थप सेना तैनाथ नगर्ने सहमति भएको छ। दुवै देश विवाद साम्य गर्न राजी छन्।

यससँगै दुवै देशबीचको सीमा विवाद कम हुने अनुमान गरिएको थियो। तर घटनाक्रमले नयाँ मोड लिएको देखिएको छ। जसले दुई देशबीच सीमा विवाद कम नहुने सहजै अनुमान गर्न सकिन्छ।

यो पनिः अक्सिजन अभाव हुने क्षेत्रमा तैनाथ चीन र भारतका सेना जाडोमा उत्पन्न हुने खतराको तयारी गर्दै

दुवै देश यतिबेला धमाधम जाडो यामका लागि आफ्ना सेना तयार गरिरहेका छन्। दुवै देशले जाडोभर चाहिने खाद्यान्न, गोली गठ्ठा लगायतका आवश्यक सामग्री सीमा क्षेत्रमा पठाइरहेको अन्तर्राष्ट्रय संचारमाध्यमले जनाएका छन्।

यसबीचमा भारतीय सेनाले पूर्वी लद्दाखमा ट्यांक रेजिमेन्ट खटाएको जिन्युजले जनाएको छ। समाचार संस्था एएनआईले पनि भारतले माइनस ४० डिग्री सेल्सियसको तापक्रममा संचालन गर्न सकिने ट्यांकहरु तैनाथ गरेको बताएको छ।

हालैमात्र भारतीय सैन्य अधिकारीहरुले जाडोका लागि भारतीय सेना सिमानामा तयार भइसकेको बताएका थिए।

सीमा विवाद साम्य गर्ने छलफल चलिरहँदा भारतीय अधिकारीहरुले पनि चिनियाँ सेनाले भारतीय सीमामा घुस्न खोजे गोली चलाउने बताएको थियो।

पछिल्ला घटनाक्रमले भारत र चीनको सीमा विवाद फेरि चर्किने खतरा बढेको देखिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .