रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्नेबारे केहि दिनयता दैनिक छलफल गरिरहेका नेकपाका दुई अध्यक्षबीच आज पनि फेरि बैठक सुरु भएको छ।
सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको हो।
भेटमा पार्टी एकीकरणको बाँकी काम सम्पन्न गर्ने, रिक्त ३ मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।
दुई अध्यक्षले मन्त्री नियुक्तिका विषयमा केहि दिनदेखि निरन्तर छलफल गरे पनि अझै टुंगो लगाउन सकेका छैनन्।
प्रधानमन्त्री ओलीले तत्काल खाली रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्न चाहेका छन् भने प्रचण्डले मन्त्रिमण्डलको समग्र पुनर्गठन गर्न चाहेका छन्।
हाल अर्थ, सञ्चार र शहरी विकास मन्त्रालय रिक्त छन्।
प्रतिक्रिया