नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले सुरुवात गरेको छ।
असोज ३० गते (शुक्रबार) रिलिज हुने चलचित्र ‘का पे रनसिंगम’ पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन्। तमिल चलचित्र ‘का पे रनसिंगम’ सत्य घटनामा आधारीत, सामाजीक चलचित्र हो जसले दक्षिण भारतीय किसानहरुको कथा बोकेको छ।
तमिल नायक विजय सेतुपथि अभिनित यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ३ सो बिहान १० बजे दिउँसो ४ बजे र राती १० बजे हेर्न सकिनेछ। भने
असोज १६ गते रिलिज भएको चलचित्र ‘खाली पीली’ हेर्न चाहने दर्शकहरुको लागि विहान ७ बजे, दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सकिनेछ।
दैनिक ८ शो सञ्चालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा अब दैनिक ६ सो मात्र सञ्चालन हुनेछ। चलचित्र ‘का पे रनसिंगम’ अथवा ‘खाली पीली’ हेर्न, आईभीआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी ९९९ केस आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ।
Shares
प्रतिक्रिया