ad ad

राजनीति


राजीनामा घोषणा गर्दै किर्गिजस्तानका राष्ट्रपतिले भने : जनताको रगतमा उभिएर शासन गर्न मलाई रत्तिभर रुचि छैन

राजीनामा घोषणा गर्दै किर्गिजस्तानका राष्ट्रपतिले भने : जनताको रगतमा उभिएर शासन गर्न मलाई रत्तिभर रुचि छैन

नेपालखबर
असोज २९, २०७७ बिहिबार १२:४,

 किर्गिजस्तानका राष्ट्रपति सुरोनबे जिन्बेकोभले राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

राष्ट्रपति विरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कदै गएपछि राष्ट्रपति जिन्बेकोभले राजीनामा दिन लागेको अनुमान गरिएको छ।

राष्ट्रपति जीन्बेकोभले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भनेका छन्, ‘म सत्तामा रहिरहन चाहन्न। किर्गिजस्तानका जनताको भावनाविपरीत आफूले काम नगर्ने र जनताको रगतमा उभिएर शासन गर्न मलाई रत्तिभर रुचि छैन। त्यही कारण म राजीनामा दिँदैछु।’

राष्ट्रपति जिन्बेकोभले प्रधानमन्त्री सादिर जापारोभ र अन्य राजनीतिक नेताहरुलाई मुलुकमा शान्ति बहाल गर्ने कार्यमा तत्पर हुन समेत आग्रह गरेका छन्।

किर्गिजस्तानको हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको भन्दै देशव्यापी विरोध प्रदर्शन जारी छ। सरकारले शान्ति सुरक्षा कायम गर्ने भन्दै सेना र प्रहरीलाई राजधानी विश्केक लगायतका प्रमुख शहरमा परिचालन गरेको छ।

प्रहरीले सयौं प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ। पूर्व सोभियत संघबाट अलग्गिएर स्वतन्त्रता प्राप्त गरेको किर्गिजस्तान मध्य एसियाकै निकै गरिब मुलुकमा गनिन्छ।  रासस–एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .