ad ad

कारोबार


एक सय बोरा अखाद्य चामल भेटिएपछि पसल सिलबन्दी

एक सय बोरा अखाद्य चामल भेटिएपछि पसल सिलबन्दी

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार १५:४२,

अखाद्य वस्तु मिसावट गरी चामल बिक्रीवितरण गर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित विवेक स्टोरमा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा आज सिलबन्दी गरिएको छ।

एक सय बोरा अखाद्य चामल उक्त स्टोरमा भेटिएपछि संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको जिप्रकाले जनाएको छ।

खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय, उपमहानगरपालिका, घरेलु कार्यालय र उपभोक्ता समितिका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले हेटौँडा १० मा रहेको सो स्टोर सिलबन्दी गरी अनुसन्धान प्रकिया अगाडि वढाएको अनुगमन टोलीमा सहभागी सहदेव आचार्यले जानकारी दिए।

उक्त चामलमा पशुपन्छीलाई खुवाउने कनिका मिसाएको पाइएकाले नष्ट गर्नसमेत खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयले निर्देशन दिएको जनाइएको छ।

यसैगरी अनुगमन टोलीले हेटौँडा बजारमा उपभोक्तालाई बिक्रीवितरण गर्न राखिएको भाइमसला बिक्रीमा केही पसललाई रोक लगाएको जिप्रकाका शाखा अधिकृत देवचन्द्र गड्तौलाले भने।

सो टोलीले करीब दुई दर्जन खाद्यान्न तथा मिठाइ पसलको अनुगमन तथा निरीक्षण गरेपछि त्यस्तो रोक लगाएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .