हिमालयन बैंकले सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट र स्वयं बैंककै आगामी साधारणसभाबाट पारित हुनुपर्नेछ। बैंकले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट उक्त बोनस र लाभांश प्रस्ताव गरेको हो।
प्रतिक्रिया