ad ad

कारोबार


माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बै‌ंकिङ सेवा सञ्चालन

माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बै‌ंकिङ सेवा सञ्चालन

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १६:१६,

माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले स्याङजा जिल्लाको पुतलिबजार न.पा.–१२, पेल्काचौर, कपिलवस्तु जिल्लाको शिवराज न.पा.–०१, शिवपुर, कपिलबस्तु जिल्लाकै बुद्घभुमि न.पा.–०९, बिजगौरी, कन्चनपुर बेलौरी न. पा.–०३, गोकुलपुर, दार्चुला जिल्लाको व्यास गा.पा.–०६, हुटी र जिल्ला कै मलिकार्जुन गा.पा.–०६, उकुमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो।

बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ सेवा थप भएसँगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ सेवा १४१ पुगेको छ। ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ। बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा ३०१ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .