ad ad

कारोबार


लक्ष्मी बैंकद्वारा डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न भिडियो प्रतियोगिता

लक्ष्मी बैंकद्वारा डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न भिडियो प्रतियोगिता

नेपालखबर
पुस १३, २०७७ सोमबार १०:१०,

लक्ष्मी बैंकले ‘डिजिटल डिसेम्बर’ अभियान अन्तर्गत ‘डिजिटल बैंकिङ’ का विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘माइ मोबाइल मनी’ भिडियो प्रतियोगिताको घोषणा गरेको छ।

यस प्रतियोगिता अन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ सेवासम्बन्धी सिर्जनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ। यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सिर्जनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई रु ५० हजारसम्मको नगद पुरस्कार प्रदान गरिने छ।

यस एक महिने अभियान ‘डिजिटल डिसेम्बर’ को माध्यमबाट लक्ष्मी बैंकले नेपाली जनतामा ‘इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ’ जस्ता डिजिटल विकल्पहरुलाई अपनाउने रुचिको अभिवृद्घि गर्ने व्यापक प्रयास गरेको छ।

लक्ष्मी बैंकको मोबाइल मनी एप गुगल प्ले स्टोर र एप्पल स्टोरमा उपलब्ध छ। प्रतियोगिताको नियमहरु यो लिंक मा उपलब्ध छ।

माइ मोबाइल मनी लक्ष्मी बैंकको क्राउडसोसिङमा आधारित दोस्रो प्रतियोगिता हो। यसअघि बैंकले सञ्चालन गरेको डेबिट कार्डको डिजाइनिङ प्रतियोगितामा उत्साहजनक सफलता प्राप्त भएको थियो।

बैंकले प्राप्त सुझावहरुलाई समेटेर डेबिट कार्डको डिजाइनमा समावेश गरेको छ। ग्राहकहरुलाई आफ्नो रचनात्मक प्रतिभालाई क्रियाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्न यस्ता अभियानहरु निरन्तर सञ्चालन गर्ने बैंकको उद्देश्य रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .