त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनको बाला र स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–४ का ४० वर्षीय प्रलाद थापा र धादिङको ज्वालामुखी गाउँपालिका–३ स्थायी वतन भएका वर्ष ४२ का अर्जुन प्रसाद थपलिया रहेका छन्।
प्रहरीका अनुसार प्रलाद थापासँग अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा सुनको बाला थान–१ (५० ग्राम) र उनले बोकेको व्यागभित्र श्रोत नखुलेको नेपाली रुपैयाँ जम्मा चार लाख ३७ हजार फेला परेको थियो भने थपलियाको साथबाट सुनको बाला थान–१ (५० ग्राम) र श्रोत नखुलेको नगद चार लाख ४० हजार फेला परेको थियो।
विमानस्थलको आगमनतर्फको नयाँ पार्किङ एरियामा चेकजाँचका क्रममा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि बरामद सुनको बाला र नेपाली रुपैयाँसहित राजश्व अनुसन्धान विभाग पुल्चोक पठाइएको छ।
प्रतिक्रिया