ad ad

कारोबार


३० वर्षदेखि नेपालमै अत्यावश्यक औषधि उत्पादन गर्दै देउराली जनता फर्मास्युटिकल्स

३० वर्षदेखि नेपालमै अत्यावश्यक औषधि उत्पादन गर्दै देउराली जनता फर्मास्युटिकल्स

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ७:३०,

देउराली जनता फर्मास्युटिकल्स प्रालि स्थापनाको ३१औँ वर्षमा प्रवेश गरेको छ।

कम्पनीले असल व्यावसायिक छविको विकास गर्दै नेपालमै अत्यावश्यक औषधिहरु उत्पादन सुरु गरेको ३० वर्ष पुगेको हो।

उच्च गुणस्तरीय औषधिहरु नेपाली जनतालाई उपलब्ध गराउने कार्यमा स्थापनादेखि लागिपरेको कम्पनीले जनाएको छ।

स्थापनाकालदेखि नै देशमा विभिन्न समयमा सिर्जित विषम परिस्थितिमा समेत विचलित नभई आजको दिनसम्म निरन्तर औषधि उत्पादन गरिरहेको कम्पनीले जनाएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले भनेको छ, ‘औषधि उत्पादनको क्षेत्रमा अन्तर्राष्ट्रिय प्रविधि आयात गर्ने पहिलो र एकमात्र उद्योगको रुपमा स्थापित गरी अन्तर्राष्ट्रियस्तरको गुणस्तरीयता कायम गर्दै नेपालमा पहिलो आईएसओ–९००१ः आईएसओ–१४००१ का प्रमाणपत्रहरु प्राप्त गर्नुका साथै विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुप आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रियस्तरको बनाई डब्ल्यूएचओ–जीएमपीको अवधारणाअनुसार कुशल उत्पादन अभ्यासलाई लागू गर्ने पहिलो नेपाली कम्पनी भएकोमा समेत हामी देउराली–जनता परिवार गौरवान्वित भएका छौँ।’

deurali janata3

कम्पनीले विभिन्न आर्थिक वर्षहरुमा नेपालमा औषधि उत्पादन गर्ने कम्पनीहरुमध्ये अधिकतम कर बुझाउने र उच्च सामाजिक उत्तरदायित्व वहन गर्ने कम्पनीको रुपमा समेत आफूलाई अग्रणी स्थानमा राख्न सक्षम भएको छ। कम्पनीले सयभन्दा धेरैथरि औषधि उत्पादन गर्दै आएको जनाएको छ।

कम्पनीले आफ्नो अत्याधुनिक प्रविधिको प्रयोग गर्दै अत्यावश्यक जीवन रक्षक औषधिहरु लगायत दीर्घ रोगलगायतका अन्य रोगहरुको उपचारमा आवश्यक पर्ने क्याप्सुल, टेबलेट, लिक्विड, ओइन्टमेन्ट, ड्राई पावर लगायतका ३३० प्रकारका औषधिहरु अनुसन्धान गर्ने, उत्पादन गर्ने गरेको छ।

तीे उत्पादनहरुको गुणस्तरीयता निर्धारण गर्ने अत्याधुनिक प्रविधि र उपकरणसहितको सुविधासम्पन्न भवन निर्माण गरेर अन्तर्राष्ट्रियस्तरको गुणस्तरीयता कायम गरी उत्पादन गरेका औषधिहरु नेपाली जनतालाई उपलब्ध गराइरहेकोे छ।

deurali janata5

नेपालमा पहिलोपटक कोरोना संक्रमित बिरामीहरुको उपचारमा प्रभावकारी औषधि फाविर–२०० ट्याब उत्पादन गरी कोभिड-१९ बिरामीहरुको उपचारमा समेत योगदान पु¥याएको छ।

यो औषधि हाल नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् तथा यस कम्पनीको संयुक्त तत्वावधानमा सामान्य र गम्भीर कोभिड संक्रमित बिरामीहरुलाई नेपालको इतिहासमै पहिलो पटक क्लिनिकल ट्रायल भइरहेको र फाबिर –२०० औषधि सेवन गरेका सम्पूर्ण सहभागी व्यक्तिहरु चाँडै निको भई सकुशल रहेको कम्पनीले जनाएको छ। बिरामीमा नकारात्मक असर समेत नपरेको रिपोर्ट प्राप्त भएको कम्पनीले जनाएको छ।

deurali janata4

कम्पनीले उत्पादन गरेको उक्त औषधि फाबिर २०० ट्याबलेटलाई आपत्कालीन प्रयोगको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागमा बजार बिक्रीवितरणको लागि अनुमति समेत माग गरेको जनाएको छ।

कम्पनीका अनुसार जीवन रक्षक औषधिहरुलाई अत्याधुनिक प्रविधिको प्रयोग गर्दै विश्वका विभिन्न मुलुकहरुबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक, प्राविधिकलगायत सबै तहका गरी करिब ५ सय जना कर्मचारीहरु छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .