लामो समयदेखि मानव संसाधन व्यवस्थापन ‘रोजगारी, विकास र प्रर्वद्धन’ मा निरन्तर काम गर्दै आएको कुमारी जव प्राली र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ‘केसीएमआइटी’ बीच सम्झौता भएको छ।
विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जव र केसीएमआईटीबीच सम्झौता भएको हो। कुमारी जव प्रालीका प्रवन्ध निर्देशक सन्देश भण्डारी र केसीएमआईटी कलेजका प्रिन्सिपल ललिता चन्दले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै कुमारी जव प्रालीका प्रवन्ध निर्देशक सन्देश भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए। यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिवद्ध रहेको केसीएमआईटी कलेजका प्रिन्सिपल ललिता चन्दले बताइन्।
यस सहकार्यबाट ‘ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर अफइन्फर्मेसन मयानेजमेन्ट (बीआईएम), अध्ययनरत विद्यार्थीहरुले उपयुक्त तालिमसहित आफ्नो सिकाइ क्षमतालाई अझ बृहत् बनाउन सक्ने छन् भने रोजगारको अवसर समेत पाउने छन्।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ’केसीएमआईटी’ नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययन गर्न पाउन भन्ने उद्देश्यका साथ स्थापित नेपालको गुणस्तरी कलेज हो।
यस कलेजले करिव दुई दशकदेखि विद्यार्थीहरुलाई कम लागतमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। ‘ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर अफइन्फर्मेसन मयानेजमेन्ट (बीआईएम), ब्याचलर अफ कम्प्युटर अप्लिकेसन (बीसएि) तीन वटा स्नातक तहको अध्यन अध्यापन गराइन्छ।
प्रतिक्रिया