ad ad

कारोबार


अत्यधिक रेन्ज भएका सीजी एयरकुलर बजारमा

अत्यधिक रेन्ज भएका सीजी एयरकुलर बजारमा

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ९:५५,

इलेक्ट्रोनिक्स जगतमा नेपालकै सबैभन्दा ठूलो ब्राण्ड सीजीले यो गर्मीयामलाई मध्यनजर गरेर विभिन्न किसिम र प्रकारका आकर्षक एयरकुलरहरु बजारमा उपलब्ध गराएको छ।

बढ्दो गर्मीलाई सहज तरिकाले काट्न सीजीले चार प्रकारमा विभिन्न साइजमा एयरकुलरहरु ल्याएको छ। जस अन्तर्गत डेर्जट कुलर, टावर कुलर, पर्सनल कुलर र विन्डो कुलर रहेका छन्। यि कुलरहरुलाई अझै सहज रुपमा चलाउन यसमा रिमोटको पनि व्यवस्था गरिएको छ।

४० वर्षभन्दा लामो अनुभव बोकेको नेपालकै पहिलो र एक मात्र आईएसओद्वारा मान्यता प्राप्त सीजीले यि कुलरहरु विशेष र अकर्षक विशेषताहरुका साथ बजारमा ल्याएको जनाएको छ।

यि कुलरहरुमा रहेको कन्सिल कपर मोटरले मोटरलाई पाताले पुरै छोपेर राखिएको हुन्छ, जसकारण पानीको चुहावट भएमा पनि केही हानी गर्दैन। अब यि कुलरहरु बत्ति नभएको बेलामा पनि इन्भटरको सहायताले सजिलै चलाउन सकिनेछ।

त्यस्तै यसमा आल्मुनियम ब्लेड, हनिकम प्याड, कार्बन फिल्टर, भिटामीन सी फिल्टर, डस्ट फिल्टर नेट आदी जस्ता विशेषताहरु रहेका छन्। यसमा पावरफुल मोटरको प्रयोग गरिएको छ, जसले गर्दा कुलरले मज्जाले काम गर्दछ।

यि एयर कुलरहरुले हावालाई विभिन्न तरिकाले छरिएर चिसो बनाई आनन्दको महसुस गराउँदछ। त्यस्तै यसमा अरुपनि धेरै भन्दा धेरै विशेषताहरु रहेका कारण सीजीका यी कुलरहरुको पहिचान नै बेग्लै रहेको छ।

सीजीले यी कुलरहरुमा १२ महिनाको वारेण्टी दिएको छ। ४३ वटा भन्दा बढी सीजीका आफ्नै सर्भिस सेन्टरहरु भएका हुनाले कुलर बिग्रिएमा अब यी सर्भिस सेन्टरहरु मार्फत सजिलै सरल रुपमा मर्मत गरिदिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .