ad ad

समाज


बिहारः कोरोनाबाट बचाउन ४ बच्चालाई घरमै थुनेर गए, आउँदा सबै जलेको पाए !

बिहारः कोरोनाबाट बचाउन ४ बच्चालाई घरमै थुनेर गए, आउँदा सबै जलेको पाए !

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ९:४६,

भारतीय राज्य बिहारको राजधानी पटनानजिक अलाउद्दिनचक गाउँमा दर्दनाक घटना भएको छ।

जहाँ आमाबुबाले कोरोनाबाट बचाउन भनेर आफ्ना चार ससाना बच्चालाई आफ्नो झुपडी घरमा बन्द गरेर काममा गएका थिए। तर झुपडीमा अचानक आगलागी हुँदा चारै बच्चा जिउँदै जलेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार आफ्ना साना चार बच्चालाई घरमा थुनेर आमाबुबा खेतमा गएका थिए। फर्केर आउँदा घरसँगै चारै बच्चा जलेको अवस्थामा मृत भेटेका हुन्।

घटनापछि बच्चाका बुबाआमा रोईकराई बेहाल भएका छन् भने गाउँ नै शोकमा डुबेको छ।

त्यो परिवार अलाउद्दिनचक गाउँस्थित एक झुपडी घरमा बस्थे। घरमा ३ छोरा र एक छोरी थिए। छोरीको उमेर १२ वर्ष थियो भने तीन छोरा ५ देखि ८ वर्षसम्मका थिए। त्यस गाउँमा कोरोना संक्रमण निकै फैलिएको छ, धेरै जना संक्रमित छन्।

यसैकारण उनीहरू आफ्ना छोराछोरी सुरक्षित रहुन् भनेर घरमै बन्द गरेर खेतीपाती गर्न गएका थिए। त्यसको केही समयपछि नै घरमा आगो लागेको र गाउँलेले देखेर बचाउने प्रयास गरे पनि आगो निभाउँदासम्म ती बच्चाको मृत्यु भइसकेको स्थानीयले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .