ad ad

कारोबार


ओली र मोदीद्वारा दक्षिण एसियाकै पहिलो अन्तर्देशीय पाइपलाइन उद्घाटन

ओली र मोदीद्वारा दक्षिण एसियाकै पहिलो अन्तर्देशीय पाइपलाइन उद्घाटन

नेपालखबर
भदौ २४, २०७६ मंगलबार ७:४,

दक्षिण एसियाकै पहिलो अन्तर्देशीय पेट्रोलियम पाइपलाइनको आज नेपाली र भारतीय प्रधानमन्त्रीले आआफ्नो देशमा स्विच थिचेर उद्घाटन गरिएकाे छ। 

प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा स्विच थिचेका थिए भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदरावाद हाउसमा स्विच थिचेर दक्षिण एसियाकै पहिलो अन्तर्देशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका हुन्।

दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फरेन्सबाट उद्घाटन गरेको पाइपलाइनको भिडियो नेपाल आयल निगमको अम्लेखगञ्ज र भारतको मोतीहारी डिपोमा समेत प्रत्यक्ष प्रसारण गरिएको थियो। मोदीले पठाएको डिजेल ओलीले स्विच थिचेर रिसिभ गरेका हुन्। भारतबाट आएको तेल अम्लेखगञ्ज डिपोमा रहेको आयल निगमको ट्यांकीमा जम्मा गरिएको हो।

amlekh ganj depoभारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जस्थित पेट्रोलियम पदार्थ आयातका लागि तयार गरिएको प्रशोधन क्षेत्र ‘प्रोसेसिङ एरिया’। पाइपलाइनमार्फत प्रतिघण्टा दुई लाख लिटर आउने बताइएको छ। तस्बिरः रासस

उद्घाटनसँगै पाइपलाइनबाटै भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति सुरू भएकाे छ। त्यसका लागि नेपाल आयल निगमको अमलेगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ। यसबाट वार्षिक रुपमा दुई अर्ब बचत हुने राससले जनाएको छ।

यसबाट पर्यावरण विनाश, राजमार्गमा हुने ट्राफिक जाम, दुर्घटना, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावटलगायतका समस्या समाधान हुने विश्वास लिइएको छ। भारततर्फ ३२.५ र नेपालतर्फ ३७.५ किलोमिटर लामो रहेको पाइपलाइन निर्माण गर्नका लागि ४ अर्ब ४० करोड रुपैयाँ खर्च भएको छ।

जसबाट प्रतिघण्टा २ सय किलोलिटर पेट्रोलियम पदार्थ आउँछ। एक किलोलिटरमा एक हजार लिटर हुन्छ। नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङकी निर्माण गरिएको छ।

अब भारतकाे बरौनी डिपोबाट डिजेल आउनेछ। वि.सं. २०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार सो पाइपलाइन निर्माण भएको हो। वि.सं. २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर मोतिहारी अमलेखगञ्ज पाइपलाइनको निर्माणको शिलान्यास गरेका थिए।

सुरुमा पाइपलाइनबाट साढे छ सय किलोलिटर पानी र एक हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको बताइएको छ। पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भू–भागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ।

नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको करिब ७५ करोड रुपैयाँ संयुक्त लगानी रहेको पाइपलाइन परियोजना कार्यालय सिमराले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .