ad ad

राजनीति


राजनीतिक दलहरुका कारण संघीयता धरापमा पर्नु हुँदैनः गच्छदार

राजनीतिक दलहरुका कारण संघीयता धरापमा पर्नु हुँदैनः गच्छदार

नेपालखबर
भदौ २४, २०७६ मंगलबार ६:५५,

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले जनताका बलबाट स्थापित संघीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट भएर लाग्नुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले संघीयता राजनीतिक दलहरुका कारण धरापमा पर्न नहुने कुरामा जोड दिए।

उपसभापति गच्छदारले नेपाली कांग्रेस पार्टीको दोस्रो चरणको जनजागरण अभियान पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि भएको बताए।

उनले सरकारप्रति जनताका अनादर वृद्धि हुन नदिन चनाखो हुनुपर्नेमा जोड दिँदै सरकार जनताका चाहनाअनुसार राज्य सञ्चालन गर्नुपर्ने सुझाब दिए।

कोशीपीडितका समस्या विगतका सरकारले पनि गर्न नसकेका र अहिलेको सरकार दुईतिहाइ बहुमतको भएकाले पीडितको समस्यामा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .