शुक्रबार सर्वोच्च अदालतअगाडि आत्मदाह प्रयास गरेकी आरती रावल गिरीलाई प्रहरीले पक्राउ गरेको छ। उनी न्यायाधीश भुवन गिरीकी पत्नी हुन्।
मंगलबार बिहान सर्वोच्च अदालतको गेटबाट प्रहरीले ३९ वर्षीया गिरीलाई पक्राउ गरेको हो।
काठमाडौँको सामाखुशी घर भएकी गिरीले गएको शुक्रबार सर्वोच्चको गेट अगाडि आत्मदाहको कोसिस गरेकी थिइन्।
उनले आफूलाई पतिले जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन्। यो मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनका पतिलाई छोडेको विरोधमा उनले आत्मदाह कोसिस गरेकी हुन्।
उनले न्यायाधीश गिरीलाई थुनामा राखी कानुनी कारबाही गर्न माग गर्दै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्न खोजेकी थिइन्।
शुक्रबार उनलाई सर्वोच्च परिसरमा तैनाथ प्रहरीले तत्कालै नियन्त्रणमा लिई उपचारको लागि वीर अस्पताल लगेको थियो।
27
Shares
प्रतिक्रिया