विभिन्न प्रकारका स्टिल उत्पादन गर्दै आएको जगदम्बा इन्टरप्राइजेजले सन् २०२१ मा १४ अर्ब २ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।
कम्पनीले उक्त वर्ष कमाएको रकम अघिल्लो वर्षको तुलनामा केही कम हो। सन् २०२० मा कम्पनीले १४ अर्ब ९८ करोड १० लाख आम्दानी गरेको थियो। सन् २०१९ मा कम्पनीको यस्तो आय १९ अर्ब ६६ करोड १० लाख रुपैयाँ थियो।
कम्पनीले नाफा मार्जिन भने १०.७८ प्रतिशत पुर्याएको छ। अघिल्ला दुई वर्षमा यस्तो दर क्रमशः ३.९१ प्रतिशत र ४.३५ प्रतिशत थियो।
कम्पनीको पर्साको जितपुरमा पाइप उत्पादन प्लान्ट छ। २० वर्षयता सञ्चालनमा रहेको कम्पनीको विभिन्न प्रकारका स्टिल उत्पादनहरुको क्षमता प्रतिवर्ष ३ लाख ६२ हजार ४ सय ६० मेट्रिक टन छ।
यो कम्पनीले विभिन्न आकारप्रकारका टीएमटी बार, एमएस ब्ल्याक पाइप, गाल्भानाइज्ड आइरन पाइप, हट रोल्ड स्ट्रिप्स, शटर प्रोफाइल, शटर गाइड, शटर स्प्रिङ, लक प्लेटलगायतको उत्पादन गर्छ।
Shares
प्रतिक्रिया