सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ५ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ।
यता चाँदीको मूल्य पनि २० रुपैयाँले ओरालो लागेको महासंघले जनाएको छ।
आज चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको हो।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ६४३ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
105
Shares
प्रतिक्रिया