कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा भएको स्वास्थ्य चौकी तथा भवनहरूको पुनःनिर्माणका लागि ५० करोड रकम विनियोजन गरिएको छ।
अर्थमन्त्री महेन्द्र केसीले गत कार्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित स्वास्थ्य क्षेत्रका लागि ५० करोड विनियोजन गरिएको बताए।
उनका अनुसार सरकारले भूकम्पले स्वास्थ्य क्षेत्रका स्वास्थ्य चौकी तथा अस्पतालमा भएको क्षतीको पुनः निर्माणका लागि बजेट विनियोजन गरिएको हो।
15
Shares
प्रतिक्रिया