ad ad

कारोबार


कोशी प्रदेशले कृषिमा छुटयायो २ अर्ब ७ करोड बजेट

कोशी प्रदेशले कृषिमा छुटयायो २ अर्ब ७ करोड बजेट

बजेट ल्याउँदै मुख्यमन्त्री कार्की। तस्बिर : मुख्यमन्त्रीको सचिवालय


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १७:५४, काठमाडौँ

कोशी प्रदेश सरकारले 'उत्पादन साथमा नगद हातमा' नारासहित चिया उत्पादन गर्नेलाई अनुदान दिने भएको हो।

चियाको गुणस्तर हरियो पत्ती उत्पादनमा संलग्न कृषक र मजदुरलाई ४ करोड १० लाख रुपैयाँ विनियोजन गरेको हो। 

कोशी प्रदेशका मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्री हिक्मत कार्कीले बजेट वक्तव्यमा दुध उत्पादनमा २ रुपैयाँ अनुदान दिने कार्यलाई निरन्तरता दिएको बताएका छन्।

यसका लागि ११ करोड ८१ लाख बजेट विनियोजन गरेका छन्। 

कृषि उपजको बजारीकरण र बजार व्यवस्थानका लागि ७ करोड २० लाख रुपैयाँ विनियोजन गरेको बताएका छन्।

कृषि कर्जाका लागि ब्याज अनुदानका लागि बजेट व्यवस्था गरिएको छ। पाहाडी क्षेत्रमा फलफूल उत्पादन र प्रवद्धन गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ। 

एक स्थानीय तह एक उत्पादन कार्यक्रमका लागि ७ करोड रुपैयाँ विनियोजन गरेको कार्कीले बताएका छन्।

कोशी प्रदेशले कृषी क्षेत्रका लागि २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ। 

 कोशी प्रदेश सरकार अल्पमतमा परेसँगै अध्यादेशबाट बजेट ल्याइएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .