विश्वको पहिलो उपन्यासको पाण्डुलिपिको एउटा पाना फेला परेको छ।
‘द टेल अफ जेन्जी’ को हस्तलिखित पाना जापानको टोकियोमा फेला परेको हो। जुन उपन्यासको ५४ औँ अध्यायमध्येको एक हो।
मिकवा योशिदा डोमेन वंशका जापानी सम्राटका छोरा जेन्जीको जीवनमा आधारित सो उपन्यास मुरासिकी शिकिबुले एघारौँ शताब्दीमा लेखेकी हुन्।
जसमा जेन्जीको राजनीतिक कुशलता र प्रेम सम्बन्धका बारेमा उल्लेख छ।
पाण्डुलिपि शिकिबुको एक पारिवारीक सदस्यको घरको स्टोर कोठामा फेला परेको हो। यसको अंग्रेजी अनुवाद सन् २०१५ मा डेनिस वासबर्नले गरेका हुन्। जुन १३ सय पानाको छ। एजेन्सी
प्रतिक्रिया