ad ad

कला


प्रकाश सपुत र साम्राज्ञी व्यवसायिक भिडन्तमा

प्रकाश सपुत र साम्राज्ञी व्यवसायिक भिडन्तमा

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार ८:६, काठमाडौँ

आगामी फागुन ५ गते डेब्यु नायक प्रकाश सपुत र स्थापित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबिच ब्यवसायिक भिडन्त हुने भएको छ। यी दुईले शिर्ष भूमिकामा रहेर अभिनय गरेका ‘परदेशी २’ र ‘लण्डन टु पेरिस’ एकैदिन रिलिज हुने भएपछि यी दुईको ब्यवसायिक भिडन्त निश्चित देखिएको हो।  

प्रकाशको ‘परदेशी २’ले केहि समय अघिनै फागुन ५ लाई प्रदर्शन मिति लक गरेको हो। नारायण रायमाझीले निर्देशन गरेको यहि फिल्मबाट गायकका रुपमा स्थापित प्रकाश नायकका रुपमा देखिने तरखरमा छन्।

प्रकाशसँग यो फिल्ममा केकी अधिकारीले स्क्रिन शेयर गरेकी छिन्। 

यता साम्राज्ञीको शिर्ष भूमिका रहेको ‘लण्डन टु पेरिस’ले पनि फागुन ५ मै रिलिज हुने घोषणा गरेको छ। एबी इन्टरनेशनल प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्म घनश्याम लामिछानेले निर्देशन गरेका हुन्। 

साम्राज्ञीका साथमा यो फिल्ममा गरिमा शर्मा, कविर खड्का र निश्चल खड्का शिर्ष भूमिकामा देखिने छन्। म्यूजिक भिडियोमा जमेकी गरिमा शर्मा यहि फिल्म मार्फत ठूलो पर्दामा देखिने तयारीमा छिन्। 

लण्डनदेखि पेरिससम्मको यात्राका क्रममा हुने प्रेमलाई देखाउन खोजिएको यो फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन्। फिल्मको बेलायत र फ्रान्समा छायांकन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .