आजबाट नेपाली सिनेमा घरमा एकैपटक ५ फिल्म प्रदर्शन भएका छन् । प्रदर्शन भएका ५ फिल्ममा एउटा मात्रै नेपाली रहेको छ। अन्य चार विदेशी फिल्म रहेका छन्।
नेपाली फिल्म ‘हिजोआजका कुरा’ सँगै भारतीय ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कन्तारा’ तथा जापानको ‘वान पिस रेड’ प्रदर्शनमा आएका छन्। धेरै फिल्म एकै पटक प्रदर्शनमा आउँदा शो बाँडिएको छ।
फिल्म ‘हिजोआजका कुरा’ सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गरेका हुन्। झन्डै डेढ दशक नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भएको ‘हिजोआजका कुरा’ निक्कै लोकप्रिय टेलिसिरियल थियो । सोही सिरियलबाट नाम सापटी लिएर फिल्म निर्माण गरिएको हो ।
यो फिल्म सन्तोष पन्तले निर्माण गरेका हुन्। विशेषभरी यो फिल्ममा अमेरिका, अष्ट्रेलिया जानुपर्ने वाध्यता, नेपालमा रहेका परिवारमा हुने पीडाको कथालाई देखाइएको छ। फिल्म मार्फत पन्तले नेपालमै बस्न शन्देस दिन खोजेका छन्।
फिल्ममा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, जयनन्द लामा लगायतका कलाकारले अभिनय गरेका छन् ।
Shares
प्रतिक्रिया