पछिल्लो समय विश्वमा भैरहेको गायन प्रतियोगीतामा नेपालीहरूले राम्रो प्रस्तुति दिइरहेका छन्। यसै क्रममा ‘द भ्वाइस’को पोर्चुगिज संस्करणमा झापाका विवश उप्रेतीले उत्कृष्ट प्रस्तुति दिएका छन्।
यसै साता भएको ब्लाइन्ड अडिसनमा उनले ‘टिनिज ह्विस्की’बोलको गीत गाएका थिए। उनको स्वरको जादुले चारैजना कोचको कुर्सी घुमाएका थिए। योसँगै उनी आगामी चरणका लागि छनोट भएका छन्।
पोर्चुगलमा बस्ने विवश त्यहाँ रहेका नेपालीमाझ चर्चित छन्। उनी ‘द भ्वाइस’मा छानिएपछि पोर्चुगलस्थित नेपाली समुदायले उनलाई जिताउन क्याम्पेन पनि सुरु गरेका छन्।
यता ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी परिजिता बाँस्तोलाले चर्चा पाइरहेकी छन्।
153
Shares
प्रतिक्रिया