नायक आकाश श्रेष्ठ र मोडल स्मारिका ढकालको अभिनय रहेको नयाँ गीतको म्युजिक भिडिओ बजारमा आएको छ। गीतमा एकले अर्कालाई दामी देखेको भाव व्यक्त गरिएको छ।
‘तिमीलाई दामी देखिन्छ’ बोलको उक्त गीत गायक रामजी खाँण र गायिका कमला रेग्मीले गाएका हुन्।
सार्वजनिक गीतमा रविमानसिंह बस्नेतको शब्द तथा टीका बोम्जनको संगीत सुन्न सकिन्छ। गीतमा कमल सौरागले संगीत संयोजन गरेका छन्।
गीतको म्युजिक भिडिओ निर्देशन निकेश खड्काले गरेका हुन्। राज किङ वाइबाको कोरियोग्राफी रहेको भिडिओको छायांकन बुद्ध थापाले र सम्पादन र कलर करेक्सन विकास धमलाले गरेका छन्।
म्युजिक भिडिओ-
174
Shares
प्रतिक्रिया