दीपकराज गिरी तथा दीपाश्री निरौलाको टिमले निर्माण गरेको फिल्म ‘छक्कापञ्जा ४’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरी देखिएका छन्।
पोस्टरमा फिल्मको प्रदर्शन मिति पनि उल्लेख गरिएको छ। फिल्म फागनु १९ मा प्रदर्शन हुने छ।
हेमराज बीसीको निर्देशनमा बनेको फिल्ममा दीपक राजा चरित्रमा देखिने छन्। यो फिल्म निर्माणमा दीपक–दीपासँगै केदारप्रसाद घिमिरे र निर्मल शर्माले सहकार्य गरेका छन्।
आमा सरस्वती मूभिज र आईएमईको संयुक्त ब्यानरमा फिल्म निर्माण भएको हो। पोस्टर रिलिज गर्दै पटकथा लेखकसमेत रहेका गिरीले शुक्रबारदेखि बाँकी छायांकन हुने जानकारी दिए।
दीपक–दीपाको यो फिल्ममा यस वर्ष दुई नायिका छन्। बेनिशा हमाल र मलिना जोशी दीपक–दीपाको ब्यानमा पहिलोपटक भित्रिएका हुन्।
21
Shares
प्रतिक्रिया