लोक गायनमा आधारित रियालिटी शो ‘हिमालय लोकस्टार नेपाल’को दोस्रो सिजन प्रसारण हुने भएको छ। लोकस्टारको दोस्रो सिजन यही पुस १९ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको हो।
गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको ग्रान्ड फिनालेमा उक्त लोकस्टारको नयाँ सिजनको घोषणा गरिएको हो।
लोकस्टारको नयाँ सिजनको प्रसारण मिति निर्णायकद्वय ज्योति मगर र कुलेन्द्र विश्वकर्माले सार्वजनिक गरेका हुन्। यो शोमा ज्योति र कुलेन्द्रको साथमा कुमार बस्नेत र रामजी खाँण जजको कुर्सीमा देखिने छन्।
नेपाल लोकस्टार–२ का विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने हिमालय टेलिभिजनले जनाएको छ। शोको संगीत निर्देशकमा संगीतकार तथा एरेन्जर आशिष अविरल छन्। भने कार्यक्रमको होस्ट तथा ब्रान्ड आइकनमा प्रकाश सपुत छन्।
111
Shares
प्रतिक्रिया