ad ad

कला


हलिउड तथा चिनियाँ अभिनेता जेट ली क्रिसमस मनाउन ६ दिनदेखि काठमाडौंमा

हलिउड तथा चिनियाँ अभिनेता जेट ली क्रिसमस मनाउन ६ दिनदेखि काठमाडौंमा

नेपालखबर
पुस १६, २०७९ शनिबार २२:३०, काठमाडौँ

विश्वचर्चित विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपाल भ्रमणमा छन। क्रिसमस मनाउने क्रममा उनी गतसाता नेपाल आएका हुन्। उनले छ दिन नेपालमा बिताइसकेका छन्।
 
मार्सल आर्ट खेलाडी जेट ली आफ्नी श्रीमती र छोरीहरु सहित यहाँ आएका हुन्। उनले ६ दिन मिङ्ग्युर रिन्पोछेसँग क्लास लिइसकेका छन्। इस्टाग्राममा पोस्ट गर्दै उनले आफ्नो जीवनकै सबैभन्दा विशेष क्रिसमस सप्ताह नेपालमा मनाउन पाएको लेखेका छन्।

‘मेरो परिवार र मैले ६ दिनसम्म मिङ्ग्युर रिन्पोछेसँग बसेर पढ्न पायौं। यी लेखकले हामीलाई दिएको समय र उनका सुन्दर विचारको हामी प्रशंशा गर्छौँ’ उनले लेखेका छन्।

उनले अन्य शिक्षकहरुसँग पनि भेटेको र रमणीय ठाउँ घुम्न पाउँदा खुशी लागेको बताएका छन्।

चिनियाँ फिल्म ‘साओलिन टेम्पल’बाट सन् १९८२ मा अभिनय थालेका उनले हलिउड फिल्म ‘रोमियो मस्ट डाइ’ गरेका थिए। त्यसयता उनले केही चर्चित फिल्महरूमा अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .