निर्देशक मधुसूदन भट्टराईले फिल्म ‘दौँतरी’ बनाउने भएका छन्। फिल्मको नाम बिहीबार चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ। बोर्डमा नाम दर्ता भएपछि फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो।
यो नाममा पहिला नै फिल्म बनिसकेको छ। दयाराम दाहालको निर्देशनमा बनेको पुरानो ‘दौँतरी’ फिल्ममा राजेश हमाल, जल शाह र मेलिना मानन्धर मुख्य भूमिकामा थिए।
नयाँ बन्ने ‘दौँतरी’सँग पुरानो ‘दौँतरी’ कुनै साइनो नरहेको बताइएको छ। फिल्ममा आर्यन सिग्देल, मुकुन भुसाल र अभिनेत्री साक्षी लम्सालले शीर्ष भूमिकामा अभिनय गर्ने छन्।
फिल्मको कथा लक्ष्मण सुवेदीले लेखेका हुन्। जय माँ दुर्गा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा पारिवारिक र प्रेमकथा हुने बताइएको छ।
फिल्ममा छिरिङ तेन्दुप शेर्पा, विजय चन्द, भुवनकुमार काफ्लेले लगानी गर्ने छन्।
फिल्म फागुनको पहिलो साताबाट छायांकनमा जाने छ।
Shares
प्रतिक्रिया