ad ad

कला


६० वर्ष पुरानो फोटो प्रदर्शन

६० वर्ष पुरानो फोटो प्रदर्शन

नेपालखबर
माघ ७, २०७९ शनिबार ५:४४, धनकुटा

साठ्ठी वर्षअघि विदेशी फोटोग्राफरले खिचेका धनकुटाका पुराना तस्बिर प्रदर्शनी गरिएको छ। 

पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सवमा शुक्रबार सुरु फोटो पत्रकार महासङ्घ धनकुटाले उक्त तस्बिर प्रदर्शनीमा राखेको हो। 

प्रदर्शनीमा नौ विदेशी नागरिकले विसं २०१९ देखि २०२९ सम्म खिचेका ५२ पुराना तस्बिर र धनकुटाका पर्यटकीय गन्तव्यसहित एक सय चार तस्बिर प्रदर्शनीमा राखिएका छन्।

विदेशी नागरिक ब्राइन कोक, जे क्रस, पिटर भोन मेर्टेन्स, बिल हेन्सन, रिच फ्यू, बव निकोलस, जेम्स स्कोट, भोन मेर्टेन्स र डान प्रिसका तस्बिर प्रदर्शनीमा राखिएका हुन्। ती तस्बिर धनकुटा नगरपालिका–७ का फोटो सङ्कलक सुरेन्द्र आठपहरियाले सङ्कलन गरेका हुन्। 

ती तस्बिरसहित धनकुटा जिल्लाका ८९ महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको तस्बिर प्रदर्शनीमा राखिएको महासङ्घ शाखाका अध्यक्ष कविराज घिमिरेले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .