बलिउड चलचित्र ‘कबिर सिंह’ले पाँच दिनमा सय करोड कमाएको छ।
साहिद कपुरको मुख्य भूमिका रहेको यस चलचित्रले भारतमा चौतर्फी प्रशंसा बटुलिरहेको छ।
चलचित्र रिलिज भएको पहिलो दिन २१ करोड कमाएको यस चलचित्रले पाँचौ दिनमा आफ्नो कमाई १ सय ४ करोड पुर्याएको हो।
चार दिनमा यस चलचित्रले ८० करोडभन्दा बढी कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्।
यसअघि सलमान खानको चलचित्र भारतले ४ दिनमै सय करोडभन्दा बढी कमाएको थियो।
3
Shares
प्रतिक्रिया