ad ad

कला


‘छड्के २’ले अनमोललाई दिएको झड्का

‘छड्के २’ले अनमोललाई दिएको झड्का

नेपालखबर
फागुन २३, २०७९ मंगलबार १०:४०, काठमाडौँ

अभिनेता अनमोल केसी नेपाली फिल्म उद्योगमा छुट्टै स्टारडम भएका कलाकार हुन्। उनी कमै फिल्ममा काम गर्छन् तर उनले खेलेका फिल्मले दर्शक तान्छ भन्ने फिल्म उद्योगमा एकखालको मान्यता नै स्थापित भएको थियो। तर यसपटक उनको फिल्मले दर्शक तान्न सकेन।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘छड्के २’ दर्शक नपाएर हलबाट उत्रने तयारीमा छ। यो फिल्ममा अनमोल शीर्ष भूमिकामा छन्। यो फिल्ममार्फत अनमोल ग्याङ्स्टार लुक्समा पर्दामा देखिएका छन्। प्रेमिल भूमिकामा रुचाइएका अनमोलले यही फिल्मबाट आफ्नो जनरा परिवर्तन गर्ने बताएका थिए। तर उनको त्यो चाहना फिल्मले पूरा गर्न सकेन। 

यो फिल्ममा सुरुमा अभिनेता विपिन कार्की अनुबन्ध भएका थिए। विपिनले फिल्म छाडेपछि भित्रिएका अनमोलको निकै प्रचार गरियो। अनमोल भएपछि फिल्म चल्छ भन्ने निर्माताको अपेक्षा थियो। तर फिल्म रिलिजपछि निर्माताको अपेक्षालाई रित्ता हलले गिज्याइरहेका छन्। 

युवा पुस्तामाझ लोभलाग्दो क्रेज भएका अनमोल यसअघि दर्शक तान्न सफल थिए। ‘छड्के २’को बक्स अफिस अवस्था हेर्दा अनमोलको फिल्मी करिअरमै झड्का लागेको छ। लामो वर्कसपपछि छायांकन भएको फिल्मको कमजोर व्यापारले निर्माता पनि दिक्क छन्।

अनमोलको फिल्मले खराब व्यापार मात्रै गरेको होइन, यो फिल्मले निकै कमजोर समीक्षा पाएको छ। उक्त फिल्म निगम श्रेष्ठको लेखन र निर्देशनमा तयार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .