नेपाली फिल्म ‘सिटामोल’मा सौगात मल्ल र बेनिशा हमालले जोडी बाँध्ने भएका छन्। फिल्ममा बेनिशा र सौगातको जोडी शिर्ष भूमिकामा देखिने छन्।
छायांकनमा जानुअघि फिल्मको गीत रेकर्ड गरिएको छ। रेकर्ड भएको गीतमा गोविन्द भट्टको शब्द, बाबुल गिरीको संगीत तथा संगीत संयोजन रहेको छ।
फिल्म ‘सिटामोल’लाई ‘वृन्दावन’, ‘वीरंगना’ जस्ता फिल्मको निर्देशन गरिसकेका राजबहादुर सानेले निर्देशन गर्नेछन्। सौगात र बेनिशाका साथमा यो फिल्ममा बुद्धी तामाङ, ज्ञानु सुनार, ध्रुब दत्त लगायतका कलाकारले अभिनय गर्नेछन्।
निर्देशक सानेले फिल्मका बारेमा भनेका छन्, ‘नामले नै फिल्मको थिम प्रस्ट्याउँछ। फिल्मले नेपाली समाजमा घटिरहेको वास्तविक घटनालाई नै भन्नेछ। हरेक मानिस विभिन्न पीडामा हुन्छन्, त्यसलाई निको पार्ने सिटामोलको रूपमा फिल्म बन्नेछ।’
उनले यो फिल्म आफ्नो करिअरकै उत्कृष्ट फिल्म बन्ने दाबी समेत गरेका छन्। फिल्ममा रमेश वन गोसाईं र श्याम थापाले लगानी गर्नेछन्। फिल्ममा कबिराज गहतराजको कोरियोग्राफी रहनेछ।
Shares
प्रतिक्रिया