ad ad

कला


म आफू गलत हुनुबाहेक अरू कुनै ‘अप्सन’ थिएन : समीक्षा अधिकारी

म आफू गलत हुनुबाहेक अरू कुनै ‘अप्सन’ थिएन : समीक्षा अधिकारी

फाइल तस्बिर : गायिका समीक्षा अधिकारी


नेपालखबर
बैशाख २४, २०८० आइतबार १२:५५, काठमाडौँ

गायिका समीक्षा अधिकारीको जीवनमा आएको उतारचढावबारे सबै राम्रैसँग जानकार छन्। सानै उमेरमा सांगीतिक क्षेत्रमा लोकप्रिय बनेकी उनको जीवनमा आइपरेको समस्या र उनले लडेको कानुनी लडाइँ समाजबाट लुकेको छैन।

तर उनले थालेको कानुनी संघर्ष बीचमै लरबरायो। अर्थात् पीडकले अदालतबाट सफाइ पाए। त्यसपछि समीक्षालाई सामाजिक सञ्जालमा आएका गालीगलोज हेरिसाध्य छैनन्। यो क्रम अझै रोकिएको छैन। 

त्यसो त मुद्दा लड्दालड्दै समीक्षा कसरी ‘होस्टाइल’ भइन् भन्ने कुरा पनि धेरैलाई थाहा छ। तर पनि उनैलाई दोष लगाउने सिलसिला जारी छ। 

यसैबीच समीक्षाले एक टेलिभिजन कार्यक्रमको संवादमा पल शाहको मायाले आफू पछाडि हटेको दाबी गरेकी छन्।

अन्तर्वार्ता दिँदै उनले भनेकी छन्, ‘उहाँलाई छुटाउने मसँग त्योबाहेक अर्को विकल्प थिएन।’

समीक्षाले उजुरी दिने निर्णयमा पनि आफू त्यत्तिकै नपुगेको बताएकी छन्। उनले आफूलाई मार्ने धम्की आएपछि डरले उजुरी दिएको उल्लेख गरेकी छिन्। उनले भनेकी छन्, ‘उहाँको टिमका मानिसले मलाई मारेर गायब पारिदिनेसम्मका धम्की दिएका थिए। बाआमाको काखमा खेलेर बस्नुपर्ने उमेरमा म त्यो धम्कीसँग डराएँ।’

कार्यक्रममा आफैंले मुद्दा दायर गरेर पछि किन बयान फेर्नुभयो भनेर गरिएको प्रश्नमा समीक्षाले भनेकी छन्, ‘बाहिर जे हल्ला चल्छ, त्यो सबै सत्य हुँदैन। मुख्य त उहाँकै माया लागेर हो।’

मुद्दा दायरको समय सम्झाउँदै प्रकाश सुवेदीले सोधेका छन्, ‘मुद्दा हाल्ने बेलामा चाहिँ माया लागेको थिएन?’

समीक्षा प्रतिउत्तरमा भन्छिन्, ‘मुद्दा हाल्ने बेलामा पनि धेरै कुराहरू छन दाइ। मैले त्यत्तिकै त्यहाँ गएर मुद्दा हालेको चाहिँ होइन। त्यतिबेला मलाई उहाँकै टिमबाट, उहाँ नै चाहिँ भन्दिनँ म। उहाँको टिमबाट मलाई मार्ने धम्की दिने, मार्दिने, गायब बनाइदिने कुरा आएको थियो। यस्तो थियो, यहाँ मलाई एकदमै रिस्क थियो। त्यतिबेला मेरो दिनमा चार/पाँचवटा गीत रेकर्ड हुन्थ्यो। त्यस्तो भएर म घरमा गएर दुई/तीन महिना बसेF। पूरै डिप्रेसनमा थिएँ, त्यो टाइममा म। धम्की दिने यताउति त्यस्तो गर्नुहुन्थ्यो, अनि आफ्नो सुरक्षाको लागि पनि त्यो डिसिजन गर्‍या हुँ। मलाई थाहा थिएन, त्यो केसले त्यति ठूलो रुप लिन्छ भनेर। अब यति हो कि म गलत छैन।’ 

बयान फेरेर पलले सफाइ पाउँदा तपाईंलाई नै गलत भनियो नि भनेर गरिएको प्रश्नमा समीक्षाले भनेकी छन्, ‘मसँग अप्सन नै भएन। म आफू गलत भएर त उहाँलाई निकाल्न सम्भव भयो नि! म आफू गलत हुनुबाहेक अरू कुनै पनि अप्सन थिएन, मसँग।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .