ad ad

कला


तनावमा झरना थापा

तनावमा झरना थापा

फाइल तस्बिर।


नेपालखबर
बैशाख २७, २०८० बुधबार १३:२४, काठमाडौँ

पुरानी अभिनेत्री तथा चलचित्र निर्देशक झरना थापा हिजोआज तनावमा छिन्।

आफ्नो पछिल्लो फिल्म ‘भागवत गीता’ले उनको टेम्पर बढाएको हो।

फिल्म भदौ १५ बाट प्रदर्शनमा ल्याउने तयारी छ। तर पछिल्लो समय प्रतिक्षित भनिएका दुई फिल्मले पाएको असफलताले झरना आत्तिएकी छिन्। फिल्म ‘ज्याकी आई एम ट्वान्टी वान' र 'प्रसाद-२’ नचल्दा झरनालगायत निर्माता सुनिलकुमार थापा पनि तनावमा परेका छन्।

गत फागुनमा चकलेटी नायक अनमोल केसीको छड्के-२ हलबाट ६ दिनमै उत्रिएको सम्झिँदा उनलाई दिमागमा थप तनाब हुन्छ।

पछिल्लो समय व्यापारिक उद्देश्यले बनाइएका टिनेज चलचित्र धमाधम फ्लप हुन थालेपछि भागवत गीताको भविष्य सम्झिएर उनलाई चिन्ता बढेको हो। धमाधम असफल भएका यी तीनै फिल्म प्रतिक्षित त थिए, चलेनन्।

रेनाशा राई रानाको निर्देशनमा तयार भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ हलमा त छ तर दर्शक छैनन्। फिल्मको शीर्ष भूमिकामा स्टारडम राम्रै भएका कलाकार धिरज मगर छन्।

उता वैशाखको १५ गतेबाट रिलिज भएको फिल्म ‘प्रसाद २’ले पनि बक्स अफिसमा सोचेको जस्तो व्यापार गर्न सकेन। स्टार कलाकार विपिन कार्की र केकी अधिकारी शिर्ष भूमिकामा रहेको फिल्मले बक्स अफिसमा धमाका गर्ने अपेक्षा गरिएको थियो। तर भैदियो उल्टो। 

यी दुई फिल्मका खम्बा मानिएका विपिन कार्की र धिरज मगर दुवै ‘भगवत गीता’मा छन्। फिल्मका दुवै कलाकारको फिल्म असफल हुँदा झरनामा झन धेरै तनाव थपिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .